You are viewing the translated version of मालवस्तुको पैठारी सम्बन्धी विशेष व्यवस्थाः.

Number 18
मालवस्तुको पैठारी सम्बन्धी विशेष व्यवस्थाः
(१) व्यावसायिक प्रयोजनका लागि मालवस्तु पैठारी गर्दा एक पटकमा एउटा कन्साईनमेन्टबाट तोकेका वस्तु वर्गीकरण भागमा पर्ने उस्तै प्रकृतिका मालवस्तु मात्र पैठारी गर्न पाइने गरी नेपाल सरकार, अर्थ मन्त्रालयले तोक्न सक्नेछ । यसरी तोकेको भन्दा फरक किसिमका मालवस्तु पैठारी भएको पाइएमा फरक पाएजति मालवस्तुमा लाग्ने महसुल र सोको शतप्रतिशत जरिबाना गरी भन्सार अधिकृतले जाँचपास गर्न सक्नेछ ।

(२) व्यावसायिक प्रयोजनका लागि पैठारी हुने खाद्य सामग्री वा सोको प्याकिङ्गमा मालवस्तुको ब्राण्ड, लेवल, लेवलमा कच्चा पदार्थको मिश्रण र उपभोग्य मिति तथा खाद्य सामग्री बाहेकका अन्य तयारी मालवस्तुको हकमा, सो मालवस्तु वा सोको प्याकिङ्गमा मालवस्तुको ब्राण्ड र लेवल समेत खुलाएको हुनु पर्नेछ। यस्तो विवरण नखुलेको मालवस्तुःर नक्कली मालवस्तु पैठारी गरेको वा गर्न खोजेको पाइएमा त्यस्तो मालवस्तु भन्सार अधिकृतले जफत गर्नेछ। यसरी जफत गरिएको मालवस्तु सडाउन लाग्ने खर्च समेत पैठारीकर्ताबाटं असुल गर्नेछ ।

(३) नेपालभित्र प्रतीतपत्रद्वारा पैठारी हुने मालवस्तुको हकमा प्रतीतपत्र खौल्दाकै अवस्थामा र अन्य बैड्रिङ्ग प्रणाली मार्फत भुक्तानी हुने गरी पैठारी भएको मालवस्तुहरूको हकमा प्रोफर्मा इन्भ्वाइस तथा (तिनका बीजकमा मालवस्तुको किटानी (स्पेसिफिक) विवरण, वस्तु वर्गीकरण शीर्षक, प्रत्येक वस्तुको प्रति एकाई मूल्य र परिमाण, _उत्पत्तिको मुलुक तथा यथासम्भव मालवस्तुको प्रकृति अनुसार ब्राण्ड नाम, मोडेल नम्बर र कम्पनी समेत खुलाउनु पर्नेछ। मालवस्तु धनी वा भन्सार एजेन्टले पैठारी गर्ने मालवस्तुको घोषणा गर्दा बीजकमा उल्लिखित मालवस्तुलाई प्रज्ञापनपत्रमा अलग अलग घोषणा (सिङ्गल इन्ट्री) गर्नु पर्नेछ। मालवस्तुलाई अलग अलग घोषणा (सिङ्गल इण्ट्री)ी गरेको नपाइएमा वा प्रतीतपत्र, प्रोफर्मा इन्भ्वाइस तथा तिनका बीजकमा मालवस्तुको किटानी (स्पेसिफिक) विवरण, वस्तु वर्गीकरण शीर्षक, प्रत्येक वस्तुको प्रति एकाई मूल्य, परिमाण, उत्पत्तिको मुलुक, मालवस्तुको प्रकृति अनुसारको ग्राण्ड नाम, मोडेल नं. र कम्पनी जस्ता विवरण उल्लेख गरेको नपाइएमा भन्सार अधिकृतले सो बमोजिम - घोषणा गर्न लगाई त्यस्ता मालवस्तुमा भन्सारले निर्धारण गरेको “मूल्यको दुई प्रतिशत र महसुल नलाग्ने मालवस्तु भएमा मूल्यको एक प्रतिशत थप रकम असुल गरी जाँचपास गर्न सक्नेछ।

(४) संवत्‌ २०८० साल साउन १ गते पछि पैठारी हुने तयारी मालवस्तु बजारमा विक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङ्गमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएर मात्र पठाउनु पर्नेछ। यसरी लेवल नगरी बजारमा विक्री वितरणको लागि पठाइएको पाइएमा अनुगमन गर्ने अधिकारीले त्यस्ता मालवस्तु जफत गर्न सक्नेछ।